कैलालीको गोदावरी ११ मा ‘खरायो’ ले जित्यो

नेपालभ्युज

कैलालीको गोदावरी ११ मा ‘खरायो’ ले जित्यो

धनगढी। कैलालीको गोदावरी नगरपालिका -११ को वडा अध्यक्षमा खरायो चुनाव चिन्ह लिएर स्वतन्त्रबाट चुनाव लडेका प्रेम सिंह बडैलाले विजय भएका छन्।

चुनावको मुखमा नेपाली कांग्रेसबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका बडैला फराकिलो मतान्तरले वडामा विजयी भएका हुन्।

गोदावरीमा तीनदलीय गठबन्धन गर्ने बहस चलिरहेका बेला वडास्तरमा कांग्रेस एक्लै लड्नुपर्छ भन्ने अडान राख्दै आएका बडैलाले विरोधस्वरुप वडाको सिङ्गो समितिसहित राजीनामा दिएर चुनावमा होमिएको बताएका थिए।

सोही आशंकाबीच बडैलाले १२ वैशाखमा आफूले पार्टीबाट नभएर स्वतन्त्र उम्मेदवारी दिएको उनले बताए। उनको कांग्रेसलाई वडामा एक्लै चुनाव लड्नुपर्छ भनेर दबाब दिन पनि आफूले यस्तो कदम चालेको बताएका थिए। बडैला नेपाली कांग्रेस गोदावरी नगर समितिका उपाध्यक्षसमेत हन्।

स्वतन्त्रमा लडेका बडैलाको मुख्य प्रतिद्वन्द्वीका रुपमा एकीकृत समाजवादीका शिव विक रहेका थिए।

विक २०७४ मा वडामा अध्यक्षमा पनि विजयी भएका थिए। २०७९ को चुनावमा भने बडैलाले विकलाई ५०१ मतको अन्तरले पराजित गरेका छन्। वडामा २ हजार १ सय ८४ मत मध्ये बडैलाले १ हजार ७९ मत ल्याएका छन्।

विकले भने ५६९ मत मात्रै ल्याउन सके। यस्तै उक्त वडामा नेकपा एमालेका भीम विकले ४ सय ४ मत पाएका छन्। वडामा एमालेका उम्मेदवार भीम विक तेस्रो भएका छन्। उनले ४०४ मत पाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved