दार्चुलाको नौगाडमा एमालेलाई हराउँदै माओवादीका धामी विजयी

नेपालभ्युज

दार्चुलाको नौगाडमा एमालेलाई हराउँदै माओवादीका धामी विजयी

धनगढी। दार्चुलाको नौगाड गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का दलजित धामी निर्वाचित भएका छन्।

५०६ मतान्तरले एमालेका उम्मेदवार प्रेमसिंह धामीलाई हराउँदै धामी अध्यक्षमा निर्वाचित भएका हुन्। दलजितले तीन हजार ७८३ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी धामीले तीन हजार २७७ मत प्राप्त गरेका छन्।

उपाध्यक्ष पदमा भने नेपाली कांग्रेसले जित हासिल गरेकाे छ। कांग्रेसका जगतसिंह ठगुन्ना तीन हजार ९५६ मतसहित उपाध्यक्ष निर्वाचित हुँदा  उनका निकटतम प्रतिद्वन्द्वी गौरीदेवी ठगुन्नाले दुई हजार ९५२ मत पाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved