माडी ८ को वडाध्यक्षमा राप्रपा विजयी

नेपालभ्युज

माडी ८ को वडाध्यक्षमा राप्रपा विजयी

चितवन। चितवनको माडी नगरपालिका ८ मा राप्रपाका वीरेन्द्र भण्डारी वडाध्यक्षमा निर्वाचित भएका छन्।

राप्रपाका माडी नगरअध्यक्षसमेत रहेका भण्डारीले नेकपा (एमाले)का उम्मेदवार तथा पूर्ववडाध्यक्ष कृष्णराज अधिकारीलाई पराजित गरेका हुन्। भण्डारीले ६५४ मत पाउँदा अधिकारीले ५८९ मत पाए।

सो वडामा वडाध्यक्षबाहेक दलित महिला सदस्य र खुला सदस्य पदहरू एमालेले जितेको छ भने महिला वडा सदस्यमा राप्रपा र एमाले उम्मेदवारले ५५१ बराबरी मत ल्याएका छन्। यसअघि २०७४ को निर्वाचनमा समेत सो वडामा भण्डारी र अधिकारीबीच मुख्य प्रतिस्पर्धा भएकोमा अधिकारी निर्वाचित भए।

यसपटक राप्रपा र एमालेबीच नगरप्रमुख र उपप्रमुखमा तालमेल भए पनि वडा तहमा प्रतिस्पर्धा भएको थियो। यस्तै नेपाली कांग्रेसको प्रभाव क्षेत्र मानिने माडी नगरपालिका–१ मा राप्रपाले वडाध्यक्ष जितेको छ। राप्रपाका अमित लामाले १४ सय ३३ मत ल्याएर विजयी भएका हुन्। उनी यसअघि सोही वडाको वडा सदस्य थिए।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जीवन चौधरी गुरौले ९४३ मत ल्याए भने एमालेका टीकाराम सुवेदीले १२६ मत मात्रै प्राप्त गरे। सदस्यहरूमा पनि राप्रपाकै उमेदवारहरू विजयी भए। राप्रपाका अप्सरा सुवेदी, दीपेन्द्र महतो, दलित महिला सदस्यमा गुना धमाला लोहार र कांग्रेसका जयनारायण लामिछाने निर्वाचित भए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved