जनकपुरधाम। धनुषाको मिथिला नगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका जोगी महतो विजयी भएका छन्।
महतो ७७ मतान्तरले वडाध्यक्षमा निर्वाचित भएका हुन्। नेपाली कांग्रेस मिथिला नगरपालिकाको नगर सभापति समेत रहेका महतोले ७३५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लक्ष्मी महतोले ६५८ मत प्राप्त गरे।
महतो निर्वाचित भएको वडा एमालेका मेयर उम्मेदवार राजाराम महतोको गाउँ हो। यस वडामा अघिल्लो पटक एमालेका लक्ष्मी महतो वडाध्यक्षमा विजयी भएका थिए।
यस्तै मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवारकै अग्रता छ। मेयर उम्मेदवार महेन्द्र महतोले ६६० मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजाराज महतोले ६५९ मत प्राप्त गरे।
उपमेयरमा कांग्रेसकी निर्मला कोइराला ७२२ मत प्राप्त गर्दा उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालकी सुनिता सिंह बुढाथोकी ६५४ मत प्राप्त गरिन्।
Facebook Comment
Comment