रेसुंगामा कांग्रेसको मेयर उपमेयर निर्वाचित

नेपालभ्युज

रेसुंगामा कांग्रेसको मेयर उपमेयर निर्वाचित

गुल्मीको रेसुंगा नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेस विजयी भएको छ। रेसुंगामा कांग्रेसले मेयर र उपमेयर जितेको हो।

मेयरमा खिलध्वज पन्थी र उपमेयरमा अमृतादेवी कुँवरले जितेकी छन्।

मेयरमा निर्वाचित पन्थीले ८ हजार ६ सय १४ मत ल्याए। नेकपा एमालेबाट मेयरका उम्मेदवार राजेन्द्र पाण्डेले ७ हजार २ सय ६२ मत ल्याएका छन्।

मेयरमा निर्वाचित पन्थी कांग्रेस गुल्मी सभापति पनि हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved