रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–१ मा स्वतन्त्र उम्मेदवारको प्यानलै विजयी

नेपालभ्युज

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–१ मा स्वतन्त्र उम्मेदवारको प्यानलै विजयी

काठमाडौं। रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवारको प्यानलै विजयी भएको छ।

नेकपा माओवादी केन्द्रका लक्ष्मण ओलीलाई १६० मतान्तरले पराजित गर्दै स्वतन्त्र उम्मेदवार सुन्दर ओली विजयी भएका हुन्।

वडामा कुल एक हजार १ सय १४ मत खसेकोमा ओलीले ५७७ मत प्राप्त गर्दा लक्ष्मणले ४ सय १७ मत प्राप्त गरे। नेपाली कांग्रेसका मुस्कान ओलीले ४४ मत मात्र प्राप्त गरेका छन्।

वडा सदस्यमा स्वतन्त्र प्यानलबाटै कमला बोहरा, लालसरा कामी, खड्कबहादुर पुन र पूर्णबहादुर बुढा विजयी भएका छन्।

निर्वाचित अध्यक्षसहित सबै सदस्य नेकपा माओवादी केन्द्र निकट हुन्। नेकपा माओवादी केन्द्र त्रिवेणीको वरिष्ठ उपाध्यक्ष रहेका सुन्दरले पार्टीबाट टिकट नपाएपछि प्यानलै बनाएर स्वतन्त्र उम्मेदवारी दिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved