मकवानपुरगढी गाउँपालिकामा विवाद, मतगणना स्थगित

नेपालभ्युज

मकवानपुरगढी गाउँपालिकामा विवाद, मतगणना स्थगित

मकवानुपर। मकवानपुरगढी गाउँपालिकाको मतगणना स्थगित भएको छ।

गणनास्थलमा तोकिएको बाहेकका कर्मचारीलाई प्रवेश गराइएको भन्दै विवाद भएपछि मतगणना कार्य स्थगित गरिएको हो।

सर्वदलीय बैठकले मतगणना सुरु हुनुअघि गाँउपालिकाका कर्मचारी जिन्सी शाखा प्रमुख युवराज पौडेललाई मतगणनामा सहभागी नगराउने निर्णय गरे पनि उनलाई मतगणनाको क्रममा बिना चेकजाँच पठाइएको भन्दै विरोध भएको हो।

अहिलेसम्म गाँउपालिकाको वडा नम्बर १ र ८ को मतगणनामा गठबन्धन अगाडी देखिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved