कर्णालीका सात जिल्लामा शुक्रबारदेखि विद्युत् सेवा अवरुद्ध

नेपालभ्युज

कर्णालीका सात जिल्लामा शुक्रबारदेखि विद्युत् सेवा अवरुद्ध

सुर्खेत। कर्णालीका सात जिल्लामा शुक्रबारदेखि विद्युत् सेवा अवरुद्ध भएको छ।

शुक्रबार दिउँसो आएको हावाहुरीसहितको पानीले कोहलपुर–सुर्खेत खण्डको ३३ केभी लाइनमा विद्युत् सेवा अवरुद्ध भएको हाे।

राष्ट्रिय प्रशारण लाइन जोडिएका कर्णालीकाे सुर्खेत, दैलेख, जुम्ला, कालिकोट, जाजरकोट, सल्यान र रुकुमपश्चिम जिल्लामा विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण सुर्खेतले जनाएकाे छ। जिल्लाभर करिब एकसय पोलहरु ढलेका प्राधिकरणले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved