झडपपछि मतदान रोकिएको गज्याङकोटमा १ जेठमा पुनः मतदान हुने

उक्त केन्द्रमा एक हजार सात मतदाता रहेकामा ३२० मत खसेपछि बिबाद भएको थियो।

नेपालभ्युज

झडपपछि मतदान रोकिएको गज्याङकोटमा १ जेठमा पुनः मतदान हुने

जुम्ला। गुठिचौर गाउँपालिकाको तीन नम्बर वडास्थित गज्याङकोट मतदान केन्द्रमा फेरि मतदान हुने भएको छ। गज्याङकोटस्थित शंकर माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा १ जेठमा पुनः मतदान हुने भएको हो।

उक्त केन्द्रमा एक हजार सात मतदाता रहेकामा ३२० मत खसेपछि बिबाद भएको थियो। बिबादका क्रममा ढुंगामुढा भएर मतपत्र च्यातिएपछि सर्वदलीय बैठक बसेर मतदान रोकिएको थियो।

जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंका अनुसार मुख्य निर्वाचन अधिकृतको अध्यक्षतामा बसेको बैठकले उक्त केन्द्रमा १ जेठमा पुनः मतदान गर्ने निर्णय गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved