मधेश प्रदेशसहित देशका पहाडी क्षेत्रमा मौसम बद्ली

आज देशका विभिन्न पहाडी क्षेत्रमा मौसम बद्ली भएको छ। प्रदेश एक, मधेश प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

नेपालभ्युज

मधेश प्रदेशसहित देशका पहाडी क्षेत्रमा मौसम बद्ली

काठमाडौं। आज देशका विभिन्न पहाडी क्षेत्रमा मौसम बद्ली भएको छ। प्रदेश एक, मधेश प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आजराति पनि प्रदेश एकसहित देशका अन्य प्रदेशका पहाडी भूभागका थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

गएराति काठमाडौं उपत्यकामा पनि पानी परेको थियो। आज दिउँसोपख प्रदेश एक, वाग्मती, गण्डकीसहित पहाडी क्षेत्रमा मौसम बद्ली हुने सम्भावना छ। अरू ठाउँको मौसम सामान्यतया सफा रहने अनुमान छ।

प्रदेश एक, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही ठाउँ साथै मधेस प्रदेश तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved