भारतको दिल्लीमा आगलागी हुँदा २७ जनाको ज्यान गयो

भारतको दिल्लीको मुन्डकामा एक भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको ज्यान गएको छ।

नेपालभ्युज

भारतको दिल्लीमा आगलागी हुँदा २७ जनाको ज्यान गयो

काठमाडौं। भारतको दिल्लीको मुन्डकामा एक भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको ज्यान गएको छ। हिजो बेलुका भएको आगलागीमा २७ जनाको शव भेटिएको र ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्न सक्ने दिल्लीका मुख्य अग्नि नियन्त्रक सुनील चौधरीले बताए।

आगलागीमा परि १२ जना घाइते भएका बीबीसी हिन्दीले जनाएको छ।

घाइतेहरूको दिल्लीको सञ्जय गान्धी र दिन दयाल अस्पतालमा उपचार भइरहेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै आगलागीबाट ज्यान गुमाएकाका परिवारलाई प्रतिपरिवार दुई लाख र घाइतेलाई उपचारका लागि ५० हजार भारतीय रुपैयाँ प्रदान गर्ने बताएका छन्। राष्ट्रपति रामनाथ कोविन्दले पनि यस दुर्घटनाप्रति समवेदना व्यक्त गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved