धादिङको गल्छीमा मतगणना जारी, एमालेलाई शुरुआती अग्रता

पालिकामा सत्ता गठबन्धन र एमालेबीच मुख्यप्रतिस्पर्धा छ।

नेपालभ्युज

धादिङको गल्छीमा मतगणना जारी, एमालेलाई शुरुआती अग्रता

काठमाडौं। धादिङका गल्छी गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष, उपाध्यक्ष हुवै पदमा शुरुआती अग्रता लिएको छ।

शनिबार बिहान वडा नम्बर १ को २०० मत गणना हुँदा नेकपा एमालेले तर्फबाट अध्यक्षका उम्मेदवारलाई ११७ मत प्राप्त भएको छ भने नेकपा (एकीकृत समाजवादी)का उम्मेदवारलाई ६६ मत प्राप्त भएको छ।

यस्तै, उपाध्यक्षमा एमालेका उम्मेदवारले ९६ मत पाउँदा नेपाली कांग्रेसका उम्मेदवारले ९० मत पाएका छन्।

वडाध्यक्षमा एमालेका उम्मेदवारले ९८ मत पाएका छन् भने एकीकृत समाजवादीका उम्मेदवारले ९२ मत पाएका छन्। पालिकामा सत्ता गठबन्धन र एमालेबीच मुख्यप्रतिस्पर्धा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved