मुस्ताङको लो–घेकर दामोदरकुण्डमा एमाले विजयी

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा भएको मतगणनाको अन्तिम मतपरिणाम अनुसार एमालेका लोप्साङ छोम्पेल विष्ट विजयी भएका छन्।

नेपालभ्युज

मुस्ताङको लो–घेकर दामोदरकुण्डमा एमाले विजयी

काठमाडौं। मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा भएको मतगणनाको अन्तिम मतपरिणाम अनुसार एमालेका लोप्साङ छोम्पेल विष्ट विजयी भएका छन्। उपाध्यक्षमा एमालेकी छिरिङ ल्हामो गुरुङ विजयी भएका छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार विष्टले ६ सय ८९ मत पाएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धन (नेकपा एस)का देवबहादुर गुरुङले १ सय ८५ मत पाएका छन्।

त्यस्तै उपाध्यक्षमा एमालेकी छिरिङ ल्हामो गुरुङले ६ सय ४१ मत लिएर विजयी भइन्। उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनकी (नेपाली कांग्रेस)की लक्ष्मी गुरुङले २ सय २५ मत लिएर पछ्याएकी थिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved