६ वटै महानगरपालिकामा मतगणना शुरु हुँदै

नेपालभ्युज

६ वटै महानगरपालिकामा मतगणना शुरु हुँदै

काठमाडौं। ६ वटै महानगरपालिकाको मतगणना शुरु हुँदैछ। काठमाडौं महानगरपालिकाको राष्ट्रिय सभागृहमा  मतगणना शुरु गरिँदै छ। मतगणनाका लागि गएराति सर्वदलीय बैठकले सहमति जुटाइसकेको छ।
काठमाडौं महानगरपालिकाको मेयर पदमा सत्तारुढ गठबन्धनबाट कांग्रेसकी सिर्जना सिंह, नेकपा एमालेबाट केशव स्थापित र स्वतन्त्र उम्मेदवार बालेन शाह प्रतिस्पर्धामा छन्।

यस्तै ललितपुर महानगरपालिकामा केही बेरपछि सर्वदलीय बैठक बसेर मतगणनाको समय निर्धारण हुनेछ। जहाँ मेयर पदका लागि पाँच दलीय गठबन्धनबाट कांग्रेसका चिरीबाबु महर्जन र उपमेयरमा माओवादी केन्द्रबाट बाबुराज बज्राचार्य प्रतिस्पर्धामा रहेका छन्। त्यसैगरी, एमालेबाट मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मन्जली शाक्य प्रतिस्पर्धी हुन् ।

चितवनको भरतपुर महानगरपालिकामा पनि आज बिहान मतगणना सुरु गर्ने निर्णय भएको छ। भरतपुरको मेयरमा मुख्यतः गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी रेनु दाहाल र एमालेका विजय सुवेदीबीच प्रतिस्पर्धा हुने ठानिएको छ।

कास्कीको पोखरा महानगरपालिकामा पनि बिहानदेखि मतगणना थाल्ने निर्णय भएको छ। जहाँ मेयर पदमा सत्तारुढ गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र नेकपा एमालेबाट कृष्णबहादुर थापा प्रतिस्पर्धामा रहेका छन्।

यस्तै पर्साको वीरगन्ज महानगरपालिका र मोरङको विराटनगर महानगरपालिकामा पनि आज बिहानदेखि नै मतगणनाको तयारी छ। वीरगन्जमा सत्तारुढ गठबन्धनबाट जनता समाजवादी पार्टीका राजेशमान सिंह र नेकपा एमालेबाट विजयकुमार सरावगी मेयरका मुख्य प्रतिस्पर्धी हुन्। त्यसैगरी, उपमेयरमा सत्तारुढ गठबन्धनबाट इम्तियाज आलम र लोकतान्त्रिक समाजवादी पार्टीका पुरुषतमलाल झा मुख्य प्रतिस्पर्धी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved