मनाङ र मुस्ताङमा मतगणना जारी, दुवै ठाउँमा एमालेको अग्रता

नेपालभ्युज

मनाङ र मुस्ताङमा मतगणना जारी, दुवै ठाउँमा एमालेको अग्रता

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिकामा मतगणना शुरु भएको छ। वडा नम्बर १ को मतगणना अहिले सकिएको छ।

मतगणनाअनुसार एमालेका अध्यक्षका उम्मेदवार सञ्जयकुमार थकाली अगाडी देखिएका छन्। उनले कांग्रेसका मोहनसिंह लालचनलाई पछि पारेका हुन्।

थकालीले १५० मत ल्याउँदा लालचनले ४५ मत मात्र पाएका छन्।

यसै गरी मनाङको चामेमा पनि एमालेले अग्रता लिएको छ। ५ वटा वडामध्ये २ वटा वडाको मत गणना हुँदा एमालेका गाउँपालिका अध्यक्ष उम्मेदवार लोकेन्द्र बहादुर घलेले १५२ मत ल्याएका छन् भने कांग्रेसका अध्यक्षका उम्मेदवार छिरिङ दोर्जे लामाले १३० मत पाएका छन्।

यसैगरी यहाँ उपाध्यक्षमा एमालेबाट आशकुमारी गुरुङले १२९ मत पाएकी छन् भने कांग्रेसकी मिङमार ढोमा लामाले १५४ मत ल्याएकी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved