काठमाडौं महानगरमा जम्मा ५० प्रतिशत मत खस्यो

नेपालभ्युज

काठमाडौं महानगरमा जम्मा ५० प्रतिशत मत खस्यो

काठमाडौं। स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिका जम्मा ५० प्रतिशत मत खसेको छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार काठमाडौंमा कुल मतदाताको आधा मात्रै मत खसेको हो।

काठमाडौं महानगरपालिकामा ३ लाख २४२ मतदाता रहेका छन्।

काठमाडौंको मतगणना आजै रातिबाट शुरु गर्ने तयारी गरिएको छ। राष्ट्रिय सभागृहमा ३२ ओटै वडाका मतपत्र संकलनको काम भइरहेकोमा मतपेटिका संकलनपछि सर्वदलीय बैठक राखेर मतगणना शुरु गरिने काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved