जोशीलाई उपचारका लागि हेलिकोप्टरमा काठमाडौं ल्याइँदै

नेपालभ्युज

जोशीलाई उपचारका लागि हेलिकोप्टरमा काठमाडौं ल्याइँदै

काठमाडौं।  नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको गाउँ रहेको तनहुँको व्यास नगरपालिका ८ बाहुनपोखरामा मेयरका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीलाई उपचारका लागि हेलिकोप्टरमा काठमाडौं ल्याउने तयारी गरिएको छ।

दमौली अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि उनलाई काठमाडौं ल्याउन लागिएको हो।

तनहुँको व्यास नगरपालिका ८ बाहुनपोखरामा जोशीमाथि कुटपिट भएको थियो। मतपत्र च्यातेका आरोपमा उनलाई केही मानिसहरूले उनीमाथि कुटपिट गरेका थिए। उनले मतपेटिका कब्जा गरेर मतपत्र च्यातेको आरोपमा गठबन्धनका नेता/कार्यकर्ताले उनीमाथि कुटपिट गरेका थिए।

नेपाली कांग्रेबाट टिकट नपाएपछि जोशीले बागी उम्मेदवारी दिएका थिए। उनलाई नेकपा एमालेले उम्मेदवारी नदिई समर्थन गरेको छ। जोशी कांग्रेस नेता गोविन्दराज जोशीका जेठा छोरा हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved