चार बजेसम्म ५५ प्रतिशत मात्र मत खस्यो

नेपालभ्युज

चार बजेसम्म ५५ प्रतिशत मात्र मत खस्यो

काठमाडौं। स्थानीय निर्वाचनको जारी मतदानमा दिउँसो चार बजेसम्म ५५ प्रतिशत मत खसेको छ।

बिहान सात बजेदेखि भएको मतदानमा प्रारम्भिक तथ्यांक अनुसार दिउँसो चारबजेसम्ममा ५५ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगले पाँच बजेसम्म लाइनमा उपस्थित भएका मतदाताले मतदान गर्न पाउने बताएको छ।

देशभर एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन्। जसमा ८७ लाख ४१ हजार ५३० महिला मतदाता छन्। ८९ लाख ९२ हजार १० पुरुष र १८३ जना अन्य मतदाता छन्।

मतदान लगतै मतगणना पनि आजैबाट शुरू हुनेछ। मतपेटिका ढुवानी गरेर गणनास्थल लैजान सकिने स्थानमा आजैबाट मतगणना कार्यप्रारम्भ गर्ने जनाइएको छ। आयोगले जेठ ५ भित्रै मतगणना सक्ने लक्ष्य पनि लिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved