चुनावमा फोहोर काठमाडौं

नेपालभ्युज

चुनावमा फोहोर काठमाडौं

काठमाडौं। आज स्थानीय तहको निर्वाचन। देशभरका स्थानीय तहमा जनप्रतिनिधि चयन गर्न मतदान जारी छ।

काठमाडौंका मतदान केन्द्रहरुमा पनि बिहानैदेखि मतदाता लामबद्ध भएर मतदान गरिरहेका छन्।

निर्वाचनको दिन काठमाडौं निकै फोहोर देखिएको छ। काठमाडौंका फोहोरहरु उठेका छैनन्।

केही मतदान केन्द्र नजिकै समेत फोहोरको डंगुर देखिन्छ। दुर्गन्धित ठाउँबाटै मतदाताहरुले आफ्ना स्थानीय जनप्रतिनिधिलाई मतदान गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved