स्थानीय तहको निर्वाचन हुँदैन भन्ने ओली नै निर्वाचनमा सहभागी हुँदैछन् : प्रधानमन्त्री देउवा

“निर्वाचन हुँदैन भनेर गलत प्रचार गर्ने ओली आफै पनि मतदानमा सहभागी हुने अवस्था आएको छ,” प्रधानमन्त्री देउवाले भने।

नेपालभ्युज

स्थानीय तहको निर्वाचन हुँदैन भन्ने ओली नै निर्वाचनमा सहभागी हुँदैछन् : प्रधानमन्त्री देउवा

काठमाडौं। प्रधानमन्त्री शेर बहादुर देउवाले स्थानीय तहको निर्वाचन हुँदैन भनेर नेकपा एमाले र त्यसका अध्यक्षले गलत प्रचार गराएको बताए। एमाले अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचन हुन नसक्ने गलत प्रचार गरे पनि निर्वाचन भएको बताएका हुन्।

डडेल्धुराको गन्यापधुरा–१ मा रहेको रुवाखोला अशिग्राम मावि मतदानस्थलमा मतदान गरेपछि सञ्चारकर्मी माझ प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन हुन नसक्ने बताउँदै आएका ओली आफै पनि मतदानमा सहभागी भएको बताएका हुन्।

“निर्वाचन हुँदैन भनेर गलत प्रचार गर्ने ओली आफै पनि मतदानमा सहभागी हुने अवस्था आएको छ,” प्रधानमन्त्री देउवाले भने।

नियमित निर्वाचनले लोकतन्त्रको रक्षा गर्ने प्रधानमन्त्री देउवाले बताए। मतदानमा सहभागी भएसँगै प्रधानमन्त्री देउवा आजै काठमाडौं फर्किने तयारी गरेका छन्। प्रधानमन्त्री देउवा विगत तीन दिनदेखि डडेल्धुरामा रहँदै आएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved