चौंरीदेउरालीमा तानातान हुँदा मतपेटिका नै फुटेपछि रोकियो मतदान

मतदान केन्द्रमा बाहिर रहेको खाली पेटिका तानातानका क्रममा फुटेको प्रहरीले जनाएको छ।

नेपालभ्युज

चौंरीदेउरालीमा तानातान हुँदा मतपेटिका नै फुटेपछि रोकियो मतदान

काभ्रे। काभ्रेपलाञ्चोकको चौंरीदेउराली गाउँपालिकामा बिबाद भएपछि तानातान गर्दा मतपेटिका फुटेसँगै मतदान रोकिएको छ।

कात्तिकेमा मतदानको विषयमा बिबाद हुँदा मतपेटिका नै फुट्ने गरी तानातान भएको हो। बिबाद भएपछि खाली मतपेटिका तानातान हुँदा फुटेको हो।

मतदानमा प्रयोग भएका मतपेटिका भने सुरक्षित रहेको प्रहरीले जनाएको छ। मतदान केन्द्रमा बाहिर रहेको खाली पेटिका तानातानका क्रममा फुटेको प्रहरीले जनाएको छ।

बिबादका क्रममा मतपेटिका फुटेपछि मतदान रोकेर सर्वदलीय बैठक बोलाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। बैठकमा सहमतिपछि मात्रै पुनः मतदान शुरु हुने बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved