स्थानीय निर्वाचनमा कांग्रेस पहिलो पार्टी हुने महामन्त्री थापाको दाबी

नेपालभ्युज

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो पार्टी स्थानीय तहको निर्वाचनमा सजिलै पहिलो पार्टी हुने दाबी गरेका छन्।

काठमाडौं महानगरपालिका वडा नंम्बर ३१ मैतिदेवी केन्द्रबाट मतदान गर्ने क्रममा सञ्चारकर्मीमाझ बोल्दै कांग्रेस महामन्त्री थापाले यस्तो दाबी गरेका हुन्। थापाले भने, “लोकतन्त्र र संविधानको रक्षाका लागि भएको गठबन्धन र नेपाली कांग्रेसका कार्यकर्ताहरूको सक्रियताका कारण कांग्रेस पहिलो पार्टी बन्नेमा शंका छैन।”

यस्तै कांग्रेस महामन्त्री थापाले मतदाता प्रशिक्षण कम्जोर रहेको स्वीकार गरेका छन्। पार्टी र निर्वाचन आयोग दुवैका तर्फबाट मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन हुन नसकेको उनले स्वीकार गरे। मौन अवधिमा मात्रै आफूहरूले मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नभएको महशुस गरेको थापाले बताए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved