सिर्जना सिंहले गरिन् मतदान

कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पनि सोही मतदान केन्द्रबाट मतदान गरेका छन्।

नेपालभ्युज

सिर्जना सिंहले गरिन् मतदान

काठमाडौं। काठमाडौं महानगरपालिकाको प्रमुखको उम्मेदवार सिर्जना सिंहले मतदान गरेकी छन्। सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार रहेकी नेपाली कांग्रेसकी सिंहले कामपा–१६ पकनाजोलस्थित नेपाल युवक माध्यामिक विद्यालयमा रहेको केन्द्रबाट मतदान गरेकी हुन्।

मतदानपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले काठमाडौंको फोहरमैला व्यवस्थापन, ट्राफिक जाम हटाउने र सुरक्षित शहर बनाउने आफ्नो प्रतिबद्धता रहेको बताइन्।

कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पनि सोही मतदान केन्द्रबाट मतदान गरेका छन्।

मतदानपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले लोकतन्त्रलाई सुदृढ बनाउन निर्वाचन महत्वपूर्ण भएकाले आफ्नो मताधिकार प्रयोग गर्न आम मतदाताई आग्रह गरे। भने, “ गठबन्धन देशको आवश्यकता हो ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved