एमाले नेता रेवती पन्तको गाडी तोडफोड

नेपालभ्युज

एमाले नेता रेवती पन्तको गाडी तोडफोड

सर्लाही। सर्लाहीमा नेकपा एमाले नेता तथा मधेश प्रदेश कमिटी उपाध्यक्ष रेवती पन्त चढेको गाडी तोडफोड भएको छ।

गएराति आफ्नै घरअगाडि राखिएको बाप्र ०१-०२५च०१०३ नम्बरको गाडी तोडफोड भएको हो।

घटनाको केही मिनेटअघि होहल्ला गर्दै आएका एक समूहलाई समूहलाई सम्झाबुझाइ गर्ने क्रममा उक्त समूहले गाडीमाथि आक्रमण गरेका पन्तले बताए। उनीहरू फर्केर आएर गाडीमा तोडफोड गरेका हुन सक्ने पन्तले बताएका छन्। आक्रमणबाट गाडीको अगाडिको सिसा फुटेको छ भने दुर्घटना गराउने फरार रहेका छन्।

घटनामा संलग्नबारे थाहा हुन नसकेको पन्तका गाडी चालक मदन रायले बताए। घटनाबारे इलाका प्रहरी कार्यालय बागमतीले अनुसन्धान गरिरहेको जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved