आफूविरुद्ध दुष्प्रचार भएको बालेनको गुनासो

नेपालभ्युज

आफूविरुद्ध दुष्प्रचार भएको बालेनको गुनासो

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन साहले आफूविरुद्ध दुष्प्रचार भएको गुनासो गरेका छन्।

मौन अवधिमा मतदाताहरूको नै समर्थन लिनेदिने बाहेक अरू कुनै किसिमका व्यवहारहरू नगरेको उनले स्पष्ट पारेका छन्।

‘हामीले कुनै पार्टी प्रवेश गरेको वा कुनै पार्टीका उम्मेदवारलाई समर्थन गरेको जस्ता निराधार हल्लाहरू फैलाउने प्रयास भएकोमा यसलाई हदैसम्म खण्डन गर्दछौँ,’ उनले बिहीबार ३ बजेतिर फेसबुकमा लेखेका छन्, ‘हामी स्वतन्त्र छौं।’

निर्वाचनभन्दा अगाडिको मौन अवधिको अर्थ उम्मेदवारहरूले आफ्ना मतदातालाई भन्ने जति भनिसक्ने र मतदाताहरू स्वयंले शान्त भएर उत्तम उम्मेदवार छान्न समय लिने भएको उल्लेख गर्दै शाहले यसरी सही उम्मेदवारलाई मतदान गर्न सकिने बताएका छन्। लोकतन्त्रको यो उत्तम तरिका भएको उनको भनाइ छ।

उनले लेखेका छन्-

हामीले कुनै पार्टी प्रवेश गरेको वा कुनै पार्टीका उम्मेदवारलाई समर्थन गरेको जस्ता निराधार हल्लाहरू फैलाउने प्रयास भएकोमा यसलाई हदैसम्म खण्डन गर्दछौँ । हामी स्वतन्त्र छौँ । र, मौन अवधिपुर्व हामी मतदाताहरूको ‘घरदैलोमा प्रवेश’ गर्ने र हाम्रा मतदाताहरूको नै समर्थन लिनेदिने बाहेक अरु कुनै किसिमका व्यवहारहरू गरेका छैनौँ ।
निर्वाचन भन्दा अगाडिको मौन अवधिको अर्थ हुन्छ, उम्मेदवारहरूले आफ्ना मतदाताहरूलाई भन्ने जति भनिसक्ने र मतदाताहरू स्वयमले शान्त भएर उत्तम उम्मेदवार छान्न समय लिने । यसले सहि उम्मेदवारलाई मतदान गर्न सक्नु हुनेछ । लोकतन्त्रको यो उत्तम तरिका हो ।
तर, यहि समयलाई कसैको अस्तित्व, विचार, सन्देश र वास्तविकतामाथि आक्रमण गर्नमा उपयोग गर्नु गैरकानुनी र अलोकतान्त्रिक त हुदै हो, त्यो भन्दा पनि धेरै मतदाताहरूमाथिको अन्याय हो । मतदाताहरूलाई भ्रममा राखेरै भए पनि जित्नै पर्ने सोचको उपज हो । यस्ता हल्ला र हल्ला फैलाउने तत्वहरूप्रति सरकार, निर्वाचन आयोग र स्वयम मतदाताहरू सजग रहन हार्दिक अपिल गर्दछौँ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved