कैलालीको गोदावरीमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप

नेपालभ्युज

कैलालीको गोदावरीमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप

धनगढी। निर्वाचनको मौन अवधिमा कैलालीको गोदावपरी–६ मा नेकपा एमाले र नेपाली कांग्रेस कार्यकर्ताबीच झडप भएको छ।

मध्यराती गाउँ आएको भन्दै कांग्रेस कार्यकर्ताले बुधबार राती ११ बजे एमाले उम्मेदवारमाथि आक्रमण गरेका हुन्।

आक्रमणबाट एमालेका वडाध्यक्षका उम्मेदवार जग्गुराम चौधरीसहित उनका भाइ बिन्तीराम चौधरी घाइते भएका छन्। उनको पाखुरामा धारिलो हतियार प्रहार गरिएको छ।

हतियार प्रहारबाट बिन्तीको पाखुरामा गहिरो चोट लागेको छ। उनकी श्रमतीमाथि पनि आक्रमण गरिएको छ। उनीहरुको पद्मा अस्पतालमा उपचार भइरहेको छ । यस्तै अन्य ५ जना पनि सामान्य घाइते भएका छन्।

आक्रमणमा संलग्नहरुलाई पक्राउ गर्नुपर्ने एमालेकाे माग छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved