प्रचण्डकी छोरी गंगालाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स्वकीय सचिव गंगा दाहाललाई स्पष्टीकरण सोधेको छ।

नेपालभ्युज

प्रचण्डकी छोरी गंगालाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं। निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स्वकीय सचिव गंगा दाहाललाई स्पष्टीकरण सोधेको छ। प्रचण्डकी छोरी तथा वाग्मती प्रदेश कमिटी सदस्य समेत रहेकी गंगालाई २४ घण्टे स्पष्टीकरण सोधिएको हो।

निर्वाचन आचारसंहिता उल्लङ्घन हुने गरी मौन अवधिमा क्रियाकलाप गरेको विषयमा २४ घण्टे स्पष्टीकरण सोधिएको हो।

दाहालले हिजो (बुधबार) व्यक्तिगत फेसबुक पेजमा सत्ता गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन अनुरोधसहितको ‘पोस्ट’ सेयर गरेकी थिइन्। उक्त कार्यले आचारसंहिताको उल्लङ्घन भएको आयोगको बुझाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved