तोलामा ८ सय रूपैयाँले बढ्यो सुनकाे मूल्य

नेपालभ्युज

तोलामा ८ सय रूपैयाँले बढ्यो सुनकाे मूल्य

काठमाडौं। बिहीबार सुनको मूल्य तोलामा ८ सय रूपैयाँले वृद्धि भएको छ।

आज छापावाल सुन प्रतितोला ९७ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार तेजाबी सुनको मूल्य आजका लागि ९७ हजार ३ सय रूपैयाँ तोकिएको छ।

बुधबार छापावाल सुन प्रतितोला ९७ हजार र तेजाबी सुन प्रतितोला ९६ हजार ५ सय रूपैयाँ तोकिएको थियो।

चाँदीको मूल्य प्रतितोला ५ रूपैयाँले बढेको छ। बुधबार प्रतितोला एक हजार २४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार २५० तोकिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved