उपमेयर उम्मेदवार कुर्मीको निधनपछि महाराजगञ्ज नगरपालिकाको निर्वाचन सर्‍यो

शुभावती कुर्मीको ठाउँबाट रिता कुमारीलाई कांग्रेसले उम्मेदवार बनाएको छ।

नेपालभ्युज

उपमेयर उम्मेदवार कुर्मीको निधनपछि महाराजगञ्ज नगरपालिकाको निर्वाचन सर्‍यो

कपिलवस्तु। स्थानीय निर्वाचनमा उम्मेदवारको मृत्यु भएपछि कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाको निर्वाचन सरेको छ।

नेपाली कांग्रेसबाट उपमेयरमा उम्मेदवारी दर्ता गरेकी शुभावती कुर्मीको साेमवार मृत्यु भएपछि महाराजगञ्ज नगरपालिकाको जेठ ३ का लागि निर्वाचन सारिएको हो।

शुभावती कुर्मीको ठाउँबाट रिता कुमारीलाई कांग्रेसले उम्मेदवार बनाएको छ। उनले बुधवार मनोनयन दर्ता गरेकी छिन्।

महाराजगञ्ज नगरपालिका–२ गैडहवाकी बासिन्दा कुर्मीको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएकाे हाे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved