आईपीएल २०२२ः प्लेअफमा पुग्ने पहिलो टीम गुजरात 

इन्डियन प्रीमियर लीग आईपीएल २०२२ मा गुजरात टाइटन्सले लखनउ सुपर जाइन्ट्सलाई हराएको छ। मंगलबार राति सम्पन्न प्रतियोगितामा गुजरात टाइटन्सले लखनउ सुपर जाइन्ट्सलाई नराम्ररी परास्त गरेको हो।

नेपालभ्युज

आईपीएल २०२२ः प्लेअफमा पुग्ने पहिलो टीम गुजरात 

मुम्बई। इन्डियन प्रीमियर लीग आईपीएल २०२२ मा गुजरात टाइटन्सले लखनउ सुपर जाइन्ट्सलाई हराएको छ। मंगलबार राति सम्पन्न प्रतियोगितामा गुजरात टाइटन्सले लखनउ सुपर जाइन्ट्सलाई नराम्ररी परास्त गरेको हो।

यो ठूलो जितसँगै गुजरातको टीम आईपीएल २०२२ को प्लेअफमा पुग्ने पहिलो टीम बन्न सफल भएको छ। आफ्नो पहिलो सीजन मै गुजरात टाइटन्सले उत्कृष्ट प्रदर्शन गरेर इतिहास रच्न सफल भएको हो ।

गुजरात टाइटन्सले पहिला ब्याटिङ गर्दै केवल १४४ रन बनाएको थियो। जसलाई ठूलो स्कोर मानिएको थिएन। यद्यपि, लखनउ सुपर जाइन्ट्सको टीमले यो मध्यम स्कोरसमेत हासिल गर्न सकेन र ब्याट्सम्यानहरुले पूर्ण रूपले घुँडा टेकिदिए।

लखनउ सुपर जाइन्ट्स केवल ८२ रनको स्कोरमै अलआउट भयो र गुजरातले ६२ रनले यो खेल जित्न सफल भयो।

मंगलबारको खेलमा हार्दिक पाण्ड्याले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका थिए। टीमलाई साहाको रुपमा प्रारम्भिक झट्का लागेको थियो। तर शुभमन गिलले एकातिरबाट मोर्चा सम्हालिरहे। गिलले ६३ रनको इनिङ खेले र २० ओभरसम्म नै क्रीजमा टिकिरहे। पिचमा बल सुस्त गतिमा आएका कारण रन बनाउन सहज थिएन। यही कारणले गुजरातले ठूलो स्कोर बनाउन सकेन। डेविड मिलरले २६ रन बनाए।

लखनउ सुपर जाइन्ट्स ८२ रनमा समेटिएसंगै ब्याट्सम्यानहरुको अवस्था बुझन् सकिन्छ। १९ रनको अवस्थामा लखनउका क्विन्टन डि कक आउन भएका थिए। त्यसपछि विकेट पतन हुने क्रम रोकिएन । तीन जना खेलाडीले मात्र दोहोरो अंकमा रन बनाउन सके।

लखनउका डि ककले ११, दीपक हुड्डाले २७ तथा आवेश खानले १२ रन बनाए। गुजरात टाइटन्सको तर्फबाट राशिद खानले चार विकेट लिए भने यश दयाल तथा साई किशोरले दुई दुई विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved