काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले जनप्रतिनिधि बनेर काम गर्न नसक्नेहरूका लागि विकल्प खोज्नुपर्ने बताएका छन्।
कांग्रेस तारकेश्वर नगर कार्यसमितिले आज आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, “झन्डै दुई तिहाइ मत पाएको नेकपा सरकारले विकास निर्माणका काम गर्नुपर्नेमा दुई-दुई पटक संसद् विघटन गर्यो, जनमत पाएर पनि काम गर्न नसक्नेलाई जनताले फेरि कसरी विश्वास गर्ने ? यसपटक अरूलाई मौका दिनुपर्छ”, उनले भने।
कांग्रेस नेता एवं पूर्वमन्त्री भीमसेनदास प्रधानले प्रदेशसभा तथा प्रतिनिधिसभाको आगामी निर्वाचनमा समेत स्थानीय तहको निर्वाचनको महत्वपूर्ण भूमिका रहने भएकाले स्थानीय निर्वाचनमा कांग्रेस र पाँचदलीय गठबन्धनलाई जिताउनु आवश्यक रहेको बताए।
कांग्रेस तारकेश्वर नगरपालिकाका प्रमुखका उम्मेदवार कृष्णहरि महर्जनले समृद्ध तारकेश्वर निर्माणका लागि आफ्नो उम्मेदवारी भएको बताए।
Facebook Comment
Comment