‘केपी ओली कठघरामा उभिएका छन्, फैसला सुनाउने बेला जनताको हो’

नेपालभ्युज

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनताले फैसाला दिनुपर्ने बेला आएको बताएका छन्।

स्थानीय तह निर्वाचनलक्षित नेपाली कांग्रेसले काठमाडौंमा गरेको सभामा थापाले पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली न्यायाधीशको शैलीमा प्रस्तुत भइरहेको भन्दै आपत्ति जनाए। उनले अहिले जनताले फैसला सुनाउने बेला भएकाले न्यायाधीशले जस्तो फैसला सुनाउँदै नहिँड्न ओलीलाई चेतावनी दिए।

“वैशाख ३० गते जनताले फैसला सुनाउने हो, त्यो फैसला सुनाउन सक्ने ताकत जनताले राखेनन् भने निर्वाचनको अर्थ हुँदैन।” केपी ओली अहिले अभियुक्त भएर कठघरमा उभिएका बेला जनताले फैसला सुनाउनुपर्ने उनले बताए।

भिडिओ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved