वडाध्यक्ष उम्मेदवार चौधरीको निधन

यसअघि, उनी तुलसीपुर–१७ को वडा सदस्यमा निर्वाचित भएका थिए।

नेपालभ्युज

वडाध्यक्ष उम्मेदवार चौधरीको निधन
सांकेतिक तस्वीर।

तुलसीपुर। दाङको तुलसीपुर उपमहानगरपालिका–१७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको निधन भएको छ।

नेकपा एमालेबाट उम्मेदवार बनेका चौधरीको काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा गए राति निधन भएको एमाले तुलसीपुरका अध्यक्ष माधव वलीले जानकारी दिए।

बघौसी निवासी ५३ वर्षीय चौधरी मिर्गौला र कलेजो सम्बन्धी रोगबाट पीडित थिए।

यसअघि, उनी तुलसीपुर–१७ को वडा सदस्यमा निर्वाचित भएका थिए। चुनाव प्रचारकै क्रममा चौधरी एक्कासी बिरामी परेका थिए।

चौधरीलाई उपचारका लागि दुई पटक नेपालगञ्जस्थित भेरी अस्पताल भर्ना गरिएको थियो। त्यहाँ सञ्चो नभएपछि थप उपचारका लागि काठमाडौंको त्रिवि शिक्षण अस्पताल लगिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved