एसी मिलान सिरी एको शीर्ष स्थानमा

गएरातिको खेलमा भेरोनालाई ३–१ गोल अन्तरले हराउँदै मिलान शीर्ष स्थानमा उक्लिएको हो।

नेपालभ्युज

एसी मिलान सिरी एको शीर्ष स्थानमा

काठमाडौं। एसी मिलान भेरोनालाई हराउँदै इटालियन सिरी ए फुटबल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

गएरातिको खेलमा भेरोनालाई ३–१ गोल अन्तरले हराउँदै मिलान शीर्ष स्थानमा उक्लिएको हो।

भेरोनाको घरेलु मैदानमा मिलानले शुरुवाती अग्रता उल्टाउँदै जित निकालेको हो। भेरोनका लागि खेलको ३८ औँ मिनेटमा डाभिड फारोनीले गोल गरेका थिए।

पहिलो हाफमा पछि परेको अवस्था उल्टाउँदै इन्जुरी समयमा पाहुना टोलीका लागि सान्ड्रो टोनालीले गोल गर्दै १–१ गोलको बराबरीमा ल्याए।

दोस्रो हाफको ४९ औँ मिनेटमा सान्ड्रोले व्यक्तिगत दोस्रो गोल तथा ८६ औँ मिनेटमा एलेसान्ड्रो फ्लोरेन्जीले गोल गरेपछि मिलानले ३–१ को जित निकाल्यो।

जितसँगै मिलान ३६ खेलमा ८० अंक जोड्न सफल भएको छ। भेरोना ५२ अंक जोडेर नवौँ स्थानमा रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved