सिटी जाँदै हल्याण्ड

२१ वर्षीय नर्वेजियन स्टार २०२० मा आरबी साल्जबर्गबाट डर्टमण्ड पुगेका थिए।

नेपालभ्युज

सिटी जाँदै हल्याण्ड

काठमाडौं। नर्वेका युवा स्टार अर्लिङ हालाण्ड इंग्लिस क्लब म्यानचेस्टर सिटी जाने भएका छन्। उनी सिटीमा अनुबन्ध हुने पक्का भएको हो।

बेलायती अखबार एथलेटिक्स यूकेका अनुसार हाल हालाण्ड आवद्ध रहेको जर्मन क्लब बोरुसिया डर्टमण्ड र सिटीबीच उनको अनुबन्धको लागि सहमति बनेको छ।

हालाण्ड पाँच वर्षका लागि सिटी जान लागेको उक्त अखबारले उल्लेख गरेको छ। सिटीले हालाण्डलाई यसैसाता सार्वजनिक गर्नसक्ने समाचारमा जनाइएको छ।

२१ वर्षीय नर्वेजियन स्टार २०२० मा आरबी साल्जबर्गबाट डर्टमण्ड पुगेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved