जेठ ४ गतेबाट सवारी लाइसेन्सको आवेदन खुला हुने

नेपालभ्युज

जेठ ४ गतेबाट सवारी लाइसेन्सको आवेदन खुला हुने

काठमाडौं। यातायात व्यवस्था विभागले जेठ ४ गतेबाट लाइसेन्सको आवेदन खुला गरी १५ दिनमा नै सेवाग्राहीले लाइसेन्सको लागि कार्यालयमा सम्पर्क गर्न सक्ने व्यवस्था गर्न लागेको हो।

अनलाइन आवेदन दिएको १५ दिनमा नै सवारीचालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा दिन पाउने गरी तयारी गरेको हो।

योसँगै यसअघि २ वर्षसम्म लाइसेन्सको परीक्षा दिन प्रतीक्षा सूचीमा बस्नुपर्ने बाध्यताको अन्त्य हुनेछ भने यसअघिका लाइसेन्सका लागि परीक्षा दिन बाँकी रहेकाको परीक्षा लिइसक्ने विभागमा महानिर्देशक नमराज घिमिरेले बताए।

आगामी दिनमा विभागले प्रणालीबाट नै मूलकभरको सेवा कार्यालयमा आवेदन लिन सक्नेछन् आवेदकले आवेदन दिँदा कुनै पनि सेवा कार्यालयमा सम्पर्क मिति १५ दिनभन्दा बढीको नहुने र सो समयभन्दा बढी लाग्ने देखिएमा आवेदन नलिने गरी सिस्टम विकास गर्न लागेको विभागका महानिर्देशक घिमिरेले बताए


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved