बैतडी। बैतडीको डिलाशैनी गाउँपालिका अध्यक्षका उम्मेदवार लोकेन्द्र रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ। डिलाशैनी गाउँपालिका–५ बिनाबस्तीका रामदत्त जोशीलाई कुटपिट गरेको आरोपमा प्रहरीले रानालाई नियन्त्रणमा लिएको हो।
जोशी पुरचौडी बहुमुखी क्याम्पसका प्राध्यापक हुन्। जोशीको दुबै खुट्टामा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। कुटपिट गर्ने राना गठबन्धन माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षका उम्मेदवार हुन्।
डिलाशैनीमा नेपाली कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन छ। कुटपिटको घटनामा संलग्न अध्यक्षका उम्मेदवार राना र घाईतेपक्षबीच गोकुलेश्वर प्रहरी चौकीमा छलफल भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकेन्द्र जोशीले बताए। ‘‘कुटपिट गर्नेलाई नियन्त्रणमा लिएका छौं, घटनाबारे सोधपुछ गरिरहेका छौं,’’ उनले भने।
-यसअघिको शीर्षक सच्याएका छौं
Facebook Comment
Comment