ऋण नतिरेपछि इच्छाराज तामाङको सीटीसी मल लिलाम हुँदै

नेपालभ्युज

ऋण नतिरेपछि इच्छाराज तामाङको सीटीसी मल लिलाम हुँदै

काठमाडौं। सिभिल ग्रुपका अध्यक्ष व्यवसायी इच्छाराज तामाङको सीटीसी मल लिलामी हुने भएको छ।

सोमबार एक सूचना जारी गर्दै कोषले ३५ दिने सार्वजनिक लिलामीको सूचना जारी गरेको छ। मल निर्माणका लागि लिइएको ऋण नतिरेपछि कर्मचारी सञ्चयकोषले सुन्धारामा रहेको उक्त मल लिलामी गर्न लागिएकाे हाे।

गत ६ मंसिरमा सार्वजनिक सूचना जारी गर्दै ३५ दिनभित्र ऋण तिर्न कोषले मललाई ताकेता गरेको थियो। समयसीमा सकिँदा समेत सिभिल स्टेट्स प्रालिका प्रतिनिधि र जमानीकर्ताहरू ऋण चुक्ता गर्न नआएपछि कोषले धितोको रूपमा रहेको महल नै लिलामी प्रक्रिया अघि बढाएको हो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved