सत्तारूढ दलनिकट पत्रकार सङ्गठनलाई आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले सत्तारूढ दलहरूनिकट पत्रकार सङ्गठनहरूलाई स्पष्टीकरण सोधेको छ। विज्ञप्ति जारी गर्दै स्थानीय चुनावमा सत्तागठबन्धनका उम्मेदवारलाई मत दिन आग्रह गरेपछि स्पष्टीकरण सोधिएको हो।

नेपालभ्युज

सत्तारूढ दलनिकट पत्रकार सङ्गठनलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं। निर्वाचन आयोगले सत्तारूढ दलहरूनिकट पत्रकार सङ्गठनहरूलाई स्पष्टीकरण सोधेको छ। विज्ञप्ति जारी गर्दै स्थानीय चुनावमा सत्तागठबन्धनका उम्मेदवारलाई मत दिन आग्रह गरेपछि स्पष्टीकरण सोधिएको हो।

नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस सङ्गठन नेपाल, नेपाल प्रेस मञ्च र प्रगतिशील पत्रकार संघ नेपालका तर्फबाट संयुक्त रूपमा वैशाख २४ गते विज्ञप्ति जारी गर्दै स्थानीय चुनावमा सत्तागठबन्धनका उम्मेदवारलाई मत दिन आग्रह गरेका थिए।

उक्त विज्ञप्तिप्रति आचारसंहिता उलङ्घन भएको भन्दै आयोगले २४ घन्टाभित्र स्पष्टीकरण पेश गर्न आइतबार निर्देशन दिएको हो। आयोगले पत्रकारका सङ्गठनले जारी गरेका विज्ञप्ति हटाउनसमेत आग्रह गरेको छ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा पत्रकारहरूको सङ्गठनले निकालेको विज्ञप्तिमा आयोगको ध्यानाकर्षण भएकोसमेत उल्लेख छ। निर्वाचन आचारसंहितामा सञ्चार प्रतिष्ठान, पत्रकार र कर्मचारीले कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन गर्न नपाइने व्यवस्था रहेको पनि आयोगको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved