चितवन कांग्रेसका युवा नेताको छुरा प्रहार गरी हत्या

चितवनमा नेपाली कांग्रेसका एक युवा नेताको हत्या भएको छ। नेपाली काङ्ग्रेस बागमती प्रदेश प्रतिनिधि अनिल परियारको हत्या भएको छ।

नेपालभ्युज

चितवन कांग्रेसका युवा नेताको छुरा प्रहार गरी हत्या

चितवन। चितवनमा नेपाली कांग्रेसका एक युवा नेताको हत्या भएको छ। नेपाली काङ्ग्रेस बागमती प्रदेश प्रतिनिधि अनिल परियारको हत्या भएको छ।

भरतपुर महानगरपालिका–१२ का २८ वर्षीय अनिल परियारको आइतबार साँझ छुरा प्रहार भएका चितवन प्रहरीले जनाएको छ।

भरतपुर–७ कृष्णपुर खेलमैदाननजिक साढे ७ बजेतिर अज्ञात समूहले छुरा हानेको थियो। घाइते भएका परियारको उपचारका लागि चितवन मेडिकल कलेज लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिए।

परियारका शरिरभरि चोट लागेको छ। छुरा प्रहार गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved