दैलेखको आठबीसमा सकेट बम भेटियो

नेपालभ्युज

दैलेखको आठबीसमा सकेट बम भेटियो

काठमाडौं । दैलेखको आठबीस नगरपालिका–६ रोलमा सकेट बम भेटिएको छ। नेपाली सेना र नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेको छ। नेपाली सेनाको बम डिस्पोजल टोलीले सकेट बम निष्क्रिय गर्ने तयारी गरेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वर शाहका अनुसार खनजोतको क्रममा स्थानीयले सकेट बम फेला पारेका हुन्। उनले भने, “पहिला सुरक्षा फौजको ब्यारेक भएका कारण बम जमिनमुनि भेटिएको हो।’’

यसअघि उक्त ठाउँमा ब्यारेक थियो। विसं २०६३ मा यहाँबाट ब्यारेक हटाइपछि अहिलेसम्म चारवटा बम निष्क्रिय पारिसकिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved