पाँच पत्रकार संगठनलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

नेपालभ्युज

पाँच पत्रकार संगठनलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौं। पाँचदलीय गठबन्धनको पक्षमा मतदान गर्न आह्वान गर्ने पाँच पत्रकार संगठनलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ।

नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन नेपाल, नेपाल प्रेस मञ्च र प्रगतिशील पत्रकार संघलाई २४ घण्टाभित्र विज्ञप्ति हटाएर प्रष्टीकरण बुझाउन निर्देशन दिइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलेले जानकारी दिए।

सत्तारुढ गठबन्धनम रहेका दलहरु निकट पाँच पत्रकार संगठनले शनिबार एक विज्ञप्ति जारी गर्दै मतदाताहरुलाई गठबन्धनको पक्षमा मदतान गर्न आह्वान गरेको थियो। संगठनको अपील निर्वाचन आचारसंहिता विपरित भएको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved