काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० मा गठबन्धनको ढाड भाँच्चिने दाबी गरेका छन्।
आइतबार पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा सोधिएका प्रश्नको जवाफ दिँदै उनले भने, “ज्योतिषीहरूको भनाइ सबैभन्दा ठूलो खड्को वैशाख ३० हुन्छ भन्ने छ। हुनसम्म हुन्छ, गठबन्धनको ढाडै भाँच्चिनेगरी।”
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले निर्वाचन आयोगकाे भूमिकाप्रति पनि प्रश्न उठाए। आचारसंहिता बनाउँदा आयोगले दलहरूसँग समन्वय नगरेको उनको गुनासो छ। उनले भने, “आचारसंहिता बनाउँदा निर्वाचन आयोगले राजनीतिक दलहरूसँग परामर्श गरेर मात्रै निष्कर्ष पुथ्यो। यसपटक निर्वाचन आयोगले आचारसंहिता बनाउँदा हामीसँग छलफल नगरी बनायो।”
ओलीले मतपत्रमा हुने चिन्हका रङ्गमा पनि असन्तुष्टि जनाए। निर्वाचन आयोगले कांग्रेससँगकै परामर्शमा हरियो रङ्ग राखेको उनको आरोप छ। “कांग्रेसको रूख हरियो भनेर सूर्य पनि हरियो बनाउने ? दल भन्या कांग्रेस मात्रै हो ? रातो सूर्य हरियो बनाउने ?” भन्दै उनले आक्रोश पोखे।
Facebook Comment
Comment