आफूले जित्न सक्ने अवस्था नदेखेपछि कांग्रेसका उम्मेदवारलाई समर्थन

आफू जित्न सक्ने अवस्था नदेखेपछि जसपाका गाउँपालिका अध्यक्ष पदका उम्मेदवार राजकिशोर महतोले नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार रामअशीष महतोलाई समर्थन गरेका हुन्।

नेपालभ्युज

आफूले जित्न सक्ने अवस्था नदेखेपछि कांग्रेसका उम्मेदवारलाई समर्थन

जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिकामा जनता समाजवादी पार्टीबाट गाउँपालिका अध्यक्षका प्रत्यासी उम्मेदवारले कांग्रेसका उम्मेदवारलाई समर्थन गरेका छन्।

आफू जित्न सक्ने अवस्था नदेखेपछि जसपाका गाउँपालिका अध्यक्ष पदका उम्मेदवार राजकिशोर महतोले नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार रामअशीष महतोलाई समर्थन गरेका हुन्।

शनिबार बिहान बटेश्वर बजारस्थित महादेवमन्दिर प्रांगणमा आयोजित कार्यक्रममा उनले कांग्रेस उम्मेदवार महतोलाई आफ्नो समर्थन रहेको घोषणा गरे।

कांग्रेसका उम्मेदवारलाई समर्थन गरेसँगै उनले गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेसलाई मतदान गर्न जसपाका नेताकार्यकर्तालाई आग्रह समेत गरे। आफू जित्न नसक्ने अवस्थामा रहेकाले गठबन्धन भित्रकै जित्न सक्ने पार्टीका उम्मेदवारलाई समर्थन गर्नुपर्ने गठबन्धनको सर्कुलर अनुसार कांग्रेस उम्मेदवार रामअशिषलाई समर्थन गरेको राजकिशोरले बताए।

“सकेसम्म गठबन्धन दलभित्र चुनावी तालमेल गर्ने, सो गर्न नसकेको अवस्थामा गठबन्धन भित्रकै अलिक बलियो पार्टीलाई समर्थन गर्ने गठबन्धनको सर्कुलर छ,” राजकिशोरले भने, “त्यहीअनुसार मैले कांग्रेस उम्मेदवार रामअशीषलाई समर्थन गरेको हुँ।”

जसपाले समर्थन गरेपछि कांग्रेस उम्मेदवार रामअशिषले धन्यवाद ज्ञापन गर्दै अब आफ्नो जित सुनिश्चितजस्तै भएको दाबी गरे। उनले पार्टीको अवस्था बलियो, मतदाताको सहानुभूति र त्यसमा पनि जसपाको समर्थनले अब आफूहरु फराकिलो मतान्तरले जित्ने दाबी गरे।

कार्यक्रममा कांग्रेस धनुषाका निवर्तमान उपाध्यक्ष सन्तोष यादव, कांग्रेसका बटेश्वर गाउँपालिका सभापति रामचन्द्र महतो, नेता बासुलाल महतो र जसपा नेता महाजन यादव, रामनरेश महतो लगायतको उपस्थिति थियो।

जसपाले पालिका प्रमुख पदमा मात्रै उम्मेदवारी दर्ता गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved