जिनोआसँग हार्‍यो युभेन्ट्स

युभेन्ट्स ६९ अंक जोडेर चौथो स्थानमा रहेको छ।

नेपालभ्युज

जिनोआसँग हार्‍यो युभेन्ट्स

काठमाडौं। इटालियन सिरी ए फुटबलमा युभेन्ट्स अंकतालिकाको पुछारमा रहेको जिनोआसँग पराजित भएको छ।

गएराति भएको खेलमा पाहुना टोली युभेन्ट्सलाई जिनोआले घरेलु मैदानमा २–१ गोल अन्तरले पराजित गरेको हो।

युभेन्ट्सले खेलको ४८ औँ मिनेटमा पाउलो डिबलाको गोलमार्फत शुरुआती अग्रता लिए पनि जोगाउन नसक्दा हार आत्मसाथ गर्यो।

जिनोआका लागि ८७ औँ मिनेटमा अल्बर्टले गोल गर्दै खेल एक एक गोलको बराबरीमा ल्याए। इन्जुरी समयमा डोमिनिकोले गोल गर्दै जिनोआलाई २–१ को जित दिलाए।

यस जितसँगै जिनोआले ३६ खेलमा २८ अंक जोडेर अंकतालिकाको १९ औँ स्थानमा छ भने पराजित युभेन्ट्स ६९ अंक जोडेर चौथो स्थानमा रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved