नेपाललाई अमेरिकाले ७९ अर्ब ७१ करोड अनुदान दिने

अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (यूएसएआईडी)मार्फत उक्त सहयोग नेपाल आउन लागेको हो।

नेपालभ्युज

नेपाललाई अमेरिकाले ७९ अर्ब ७१ करोड अनुदान दिने

काठमाडौं। नेपाललाई मध्यम आययुक्त देशमा स्तरोन्नति गर्ने सरकारको लक्ष्यमा सघाउन संयुक्त राज्य अमेरिकाले ७९ अर्ब ७१ करोड अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।

अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (यूएसएआईडी)मार्फत उक्त सहयोग नेपाल आउन लागेको हो।

सम्झौतामा अर्थ मन्त्रालयमा बिहीबार यहाँस्थित यूएसएआईडीका निर्देशक सेपिदेह केवंशद र अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख ईश्वरीप्रसाद अर्यालले हस्ताक्षर गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved