भारतमा कुल संक्रमितको संख्या चार करोड ३० लाख ८८ हजार

पछिल्लो एक दिनमा कोरोना भाइरसका कारण भारतमा ३१ जनाको मृत्यु भएको मन्त्रालयका अधिकारीहरुले जनाएका छन्।

नेपालभ्युज

भारतमा कुल संक्रमितको संख्या चार करोड ३० लाख ८८ हजार

एजेन्सी। भारतमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको कुल संख्या चार करोड ३० लाख ८८ हजार ११८ पुगेको छ। तीमध्ये तीन हजार २०५ जना पछिल्लो २४ घण्टामा संक्रमित भएका सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन्।

नयाँ संक्रमितमध्ये एक हजार ४१४ जना भने दिल्ली प्रदेशका मात्रै रहेका छन्। पछिल्लो समयमा दिल्ली प्रदेशमा नयाँ संक्रमितहरुको संख्या धेरै बढेको छ।

संघीय स्वास्थ्य मन्त्रालयकाअनुसार भारतको संघीय राजधानी नयाँ दिल्लीमा मात्रै अहिले संक्रमित अवस्थामै रहेकाहरुको संख्या पाँच हजार ९८६ रहेको छ। देशभरी सक्रिय संक्रमितको संख्या भने १९ हजार ५०९ रहेको छ।

पछिल्लो एक दिनमा कोरोना भाइरसका कारण भारतमा ३१ जनाको मृत्यु भएको मन्त्रालयका अधिकारीहरुले जनाएका छन्। भारतमा अहिलेसम्म कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको संख्या पाँच लाख २३ हजार ९२० रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved