नेपालका लागि भारतीय राजदूतमा नवीन श्रीवास्तवलाई प्रस्ताव

मोदीको नेपाल भ्रमण अगाडि नै नेपाल आउने गरी श्रीवास्तवलाई भारतले नेपालको राजदूतका रूपमा प्रस्ताव गरेको हो।

नेपालभ्युज

नेपालका लागि भारतीय राजदूतमा नवीन श्रीवास्तवलाई प्रस्ताव

काठमाडौं। नेपालका लागि भारतीय राजदूतका रूपमा नवीन श्रीवास्तवलाई भारतले औपचारिक रूपमा प्रस्ताव गरेको छ। २ जेठमा हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण अगाडि नै नेपाल आउने गरी श्रीवास्तवलाई भारतले नेपालको राजदूतका रूपमा प्रस्ताव गरेको हो।

भारतीय सञ्चार माध्यमले जनाएअनुसार श्रीवास्तवलाई भारतले औपचारिक रूपमा नै नेपालको राजदूतका रूपमा प्रस्ताव गरेको हो। यसअघि नेपालका लागि भारतको राजदूतमा श्रीवास्तवको चर्चा मात्रै भएको थियो।

विनयमोहन क्वात्रा भारतको विदेश सचिवमा नियुक्त भएपछि नेपालस्थित भारतीय दूतावास नेतृत्वविहीन छ। नेपालका लागि नयाँ राजदूत प्रस्ताव भएका श्रीवास्तव भारतचीन सम्बन्धका जानकार मानिन्छन्। भारतीय विदेश मन्त्रालयमा उनलाई चीन विज्ञका रूपमा हेरिन्छ।

सन् २०२० मा भारत–चीनबीच गल्वान उपत्यकामा सैन्य झडप हुँदा दुई देशबीचको सम्बन्ध समान्यीकरण गर्न उनले विशेष भूमिका खेलको बताइन्छ।

सन् १९९३ मा भारतीय विदेश मन्त्रालयको सेवामा प्रवेश गरेका उनी विभिन्न देशको राजदूत भइसकेका व्यक्ति हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved