काठमाडौं। भण्डारखालमा आँखा, नाक, कान र घाँटीको निःशुल्क शिविर संचालन गरिएको छ।
हायर मी सर्भिसले मंगलबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म निःशुल्क शिविर सेवा सञ्चालन गरेको हो। हायर मी सर्भिसका प्रबन्ध निर्देशक लक्ष्मण जोशीका अनुसार स्वास्थ्यसम्बन्धी जानकारी र जनचेतना जोगाउन शिविर सञ्चालन गरिएको हो।
‘मानिसले स्वास्थ्यमा ठूलो असर नपर्दासम्म उपचार गराउँदैनन्,” उनले भने, “स्वास्थ्य नै मानव जीवनको अतिआवाश्यक भएकोले स्वस्थ रहन सबैमा जानकारी गराउन शिविर सञ्चालन गरेका हौँ।”
शिविरमा राजधानीका स्थानीयदेखि यहाँ बसोबास गर्ने मजदुर, विद्यार्थी, ज्येष्ठ नागरिक, महिला, युवाका साथै पशुपति विकास कोषका कर्मचारी र नेपाल प्रहरीका कर्मचारीले पनि जाँच गराएका प्रबन्ध निर्देशक लक्ष्मण जोशीले बताए।
उनका अनुसार शिविरमा दुई सय पाँच जनाले आँखा, नाक, कान र घाँटीको जाँच गराएका छन्। हायर मी सर्भिसले आयोजना गरेको उक्त शिविरमा बीपी नेत्र पतिष्ठानले प्राविधिक सहयोग गरेको प्रबन्ध निर्देशक लक्ष्मण जोशीले बताए।
Facebook Comment
Comment