काठमाडौं। महालेखापरीक्षक टंकमणि शर्माले लेखापरीक्षकहरूले लेखापरीक्षण गर्दा राम्रो कुराको संकलन गर्ने नगरेको बताएका छन्। उनले सबै मिलेको कुरा लेखापरीक्षणमा लेख्नुनपर्ने बताए।
मंगलबार काठमाडौंमा शुरु भएको नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको पहिलो राष्ट्रिय सम्मेलनमा शर्माले भने, “लेखा परीक्षकहरूले राम्रो कुरा संकलन गदैनौं। धेरै प्रबुद्धहरूले कहिलेकाहीँ सोध्नुहुन्छ। तपाईको रिपोर्ट पढ्यो भने नेगेटिभ मात्रै छ। जहिल्यै नमिलेको कुरा मात्रै लेख्नुभएको छ। परीक्षणमा मिलेको कुरा किन लेख्ने ? मिलेको कुरा मिलिहाल्यो नि? नमिलेको कुरा परीक्षण प्रतिवेदनमा लेख्ने हो। लेखापरीक्षण भनेको परीक्षण गर्दा नमिलेको कुरा मात्रै लेख्ने हो। मिलेको कुरा लेख्ने होइन। लेख्नुपर्ने छोटो हो। हुन्छ लामो। प्रगति राम्रो काम हेर्यो भने २ वा ५ पेज हुन्छ। बिग्रेको कुराहरू निकाल्यो भने सिंगै पेज हुन्छ। यहाँ सुधार गर्नुपर्ने देख्छु।”
Facebook Comment
Comment